उपचारका क्रममा भारतमा निधन नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर काठमाडौं ल्याईएको छ । श्रेष्ठको पार्थिव शरीलाई त्रिभुवन विमान स्थलबाट नेपाल प्रक्षा प्रतिस्ठान पु¥योईदै छ ।
आज राष्ट्रिय सम्मानसाथ श्रेष्ठको अन्त्येष्टी गरिदै छ । श्रेष्ठको पार्थिक शरिरलाई एयर इन्डियाको बिमानमार्फत काठमाण्डौ ल्याईएको हो । बिमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, माइतीघर हुँदै नायक श्रेष्ठको पार्थिव शरिरलाई प्रज्ञा प्रतिष्ठानमा लगिदैछ । साँझ ५ बजेसम्म उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । जहाँ प्रधानमन्त्री सुशील कोइरालाले उहाँको पार्थिव शरिरमा सम्मानका साथ राष्ट्रिय झण्डा ओढाउनु कायैक्रम छ । आजै साँझ साढे ५ पछि कमलादी, गौशाला हुँदै नायक श्रेष्ठको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिने छ । चलचित्र विकास बोर्डमा आइतबार बसेको वैठकले नायक श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने निर्णय गरिएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा नायक श्रेष्ठको निधन भएको थियो । नेपाली रजतपटका पुराना नायक श्रेष्ठ केहि समयदेखि डिप निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो साथै फोक्सोमा पानी जमेका कारण सिकिस्त हुनुभएको थियो । पछिल्लो समय हड्डीको क्यान्सर देखिएपछि उपचारका क्रममा उहाँको मृत्यू भएको बताइएको छ ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधनप्रति गहिरो दुख्ख व्यक्त गर्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्रका स्वकिय सचिव फणिराज पाठकले सोमवार जारी गरिएको विज्ञप्तिमा नायक श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको र मृतआत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।